‘व्यास नगर साइनिङ स्टार’ को ग्रान्ड फिनाले सर्यो, भाद्र २२ गते हुने

दमौली : जेसीआई व्यास नगरले साइनिङ स्टारको नवौं संस्करणको ग्रान्ड फिनाले एक साताका लागि पछाडि सरेको छ । विहिवार एक सुचना जारी गर्दै भाद्र १५ हुने भनेको ग्रान्ड फिनाले भाद्र २२ गते गर्ने भएको जनाएको छ ।

बालबालिकामा आँखामा संक्रमण बढी बढिरहेको र डेंगीको संक्रमण पनि देख्न थाले पछि विद्यार्थीहरुको स्वास्थ्यको मध्यनजर गरेर ग्रान्ड फिनाले एक साता पछाडि सरेको जेसीआइ व्यास नगरका कार्यकारी उपाध्यक्ष एवं मुल संयोजक अजर नागिलाले जानकारी दिए ।

प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराईरहेको अन्तिममा चार जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ स्टार घोषणा हुने अध्यक्ष राजु रानाले बताए।

साइनिङ स्टारका विजेतालाई नगद रु २५ हजार २३, फस्ट रनरअपलाई १५ हजार २३  र सेकेण्ड रनरअपलाई १० हजार २३ पुरस्कार प्रदान गरिनेछ। त्यस्तैगरी अन्य १० वाट विधामा पनि  पुरस्कारको व्यवस्था रहेको छ ।

जसमा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माईल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने  व्यास नगरका महासचिव सुनिल श्रेष्ठले जानकारी दिए ।

व्यास नगर साइनिङ स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेकाले यसले समाजलाई महत्त्वपूर्ण योगदान गरेको महासचिव श्रेष्ठले बताए  ।

जेसीआई व्यास नगर साइनिङ स्टार सन् २०१३  देखि आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?