निर्माणाधीन सभागृहको गेटमा अपाङ्गता भएका व्यक्तिहरुले गरे तालाबन्दी

दमौली :  तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकामा निर्माणाधीन जिल्ला सभागृहको गेटमा तालाबन्दी गरेका छन्।

अपाङ्गता भएका व्यक्तिहरुले सभाहललाई अपाङ्गतामैत्री बनाउन माग गर्दै  गेटमा तालाबन्दी गरिएको हो ।

संघर्ष समितिका संयोजक मदन पौडेल र राष्ट्रिय अपाङ्ग महासंघ गन्डकी प्रदेशका सचिव कृष्णप्रसाद अधिकारीले सभाहलको मुख्य गेटमा तालाबन्दी गरेका हुन् । उद्घाटनको चरणमा रहेको भवन अपाङ्गतामैत्री नभएकाले सोही माग गर्दै तालाबन्दी गर्नुपरेको संयोजक पौडेलले बताए ।

यस अघि उनीहरुले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।संघर्ष समितिले भदौ ४ गते भोलि  जिल्ला समन्वय समितिको कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको जनाएको छ ।

सभागृह अपाङ्गतामैत्री बनाउन माग गर्दै संघर्ष समितिले गत साउन १० गते  जिल्ला समन्वय समितिलाई  ज्ञापनपत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?