दमौली : हरितालिका तीजको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँले तिज गित प्रतियोगिता गर्ने भएको छ । यहि भाद्र २० गते श्री कृष्ण जन्माष्टमिको दिन खुल्ला तिज गित प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने भएको हो ।
कला संस्कृति लाई संरक्षण गर्दै आएका यस कार्यक्रमलाई थप निरन्तरता दिदै यस वर्ष पनि “महङ्गी विरुद्ध कृषि क्रान्ती” शिषर्कमा दोश्रो खुल्ला गित प्रतियोगिता गर्न लागेको प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार , द्धितियलाई दश हजार , तृतिय हुनेलाई पाँच हजार, सान्त्वना दुई समुहलाई दुई/दुईका दरले पुरस्कार प्रदान गर्ने गन्धर्वले बताए ।
उत्कृष्ट नृत्य गर्नेलाई एक हजार, अनुसाशित समूहलाई एक हजार, सबै भन्दा धेरै सहभागी हुने टिमलाई एक हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।
समुह दर्ता शुल्क एक हजार रहेको प्रतियोगितामा २४ समूह मात्र सहभागी हुन पाउनेछ । टोल विकास संस्था एवं आमा समूहहरुले पत्र सहित नाम दर्ता गराउन सक्नुहुनेछ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?