दमौली : कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले देशको अवस्था सुधार्न कांग्रेसको नेतृत्व अपरिहार्य बताएका छन्।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले शुक्रबार दमौलीमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले देशको अवस्था सुधार्न कांग्रेसको नेतृत्व अपरिहार्य बताएका हुन् ।
उनले भने, ‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ।’ उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा उनले गरे। ‘तनहुँ कांग्रेसको गढ हो, चिन्ता लिनुपर्ने अवस्था छैन। तर नेतृत्वले एकढिक्का बनाउन प्रयत्नरत हुनुपर्छ’, उनले भने।
साथै उनले प्रधानमन्त्री प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिन थालेको आरोप लागेको छ । देशको अवस्था आर्थिक, धार्मिक, सांस्कृतिक र अब कूटनीतिक क्षेत्रमा समेत कतै ठीक नदेखिएकाले यसको समाधानका लागि कांग्रेसको नेतृत्व नभइनहुने उनको दाबी छ।
तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्ने कोइरालाको सुझाव छ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?