दमौली : विशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सूचना निकाल्दै खर्चिलो तथा भड्किलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लावासीहरूमा अनुरोध गरेका हुन्।
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावलीले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमित गरेको छ तसर्थ, आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला कार्यक्रम सञ्चालन नगर्न/नगराउनु हुन सम्पुर्ण जिल्लावासीहरुमा हार्दिक अनुरोध छ।
सामाजिक अनुशासन कायम गर्न राजनीति दल, नागरिक समाज, पेशागत संघ नागरिक समाज संचारकर्मी, महिला संजाल लगायतका संस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?