दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा ट्याक्टर चालक आँबुखैरेनी गाउँपालिका–२ खानीखोला बस्ने २९ वर्षीय विशाल गुरुङ र सहचालक सोही ठाउँ बस्ने २२ वर्षीय सुरेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ त ५५२० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा ट्याक्टर चालक र सहचालक घाइते भएको प्रहरी नायब उपरिक्षक खाँणले बताए ।
घाइते दुवैलाई आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
तस्विर : फाइल












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?