चितवन : चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः सवारीसाधन सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६, नाम्सी पुलनजिक सडकमा पहिरो खस्दा अवरुद्ध भएको बाटो खुलाइएको हो ।
आज बिहान सो स्थानमा सुक्खा पहिरो खसेको थियो । पहिरो पन्छाएर दुईतर्फी रूपमा यातायातका साधन सञ्चालन गराइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
“मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा पहिरोका कारण अवरुद्ध भएको सडक यातायात दुईतर्फी सञ्चालनमा आएको जानकारी गराउँछौँ,” सो कार्यालयद्वारा मंगलबार बिहान ९ बजे जारी सूचनामा उल्लेख छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?