दमौलीमा मनाइयो संविधान दिवस (तस्बिरहरू)

दमौली :  तनहुँको सदरमुकाम दमौलीमा संविधान दिवस मनाइएको छ । बुधबार बिहान दमाली बजारमा प्रभातफेरी संविधान दिवस मनाएको हो ।

उक्त प्रभातफेरी कार्यक्रममा प्रतिनिधिसभाका सदस्य डा .स्वर्णिम वाग्ले प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नगरप्रमुय्ख बैकुण्ठ न्यौपाने,  कर्मचारी,लगायत व्यक्ति सहभागी भएका थिए  ।

संविधानसभाबाट नयाँ संविधान जारी भएको बुधबार आठ वर्ष पूरा भएको छ । ०७२ असोज ३ गते संविधानसभाबाट संघीयतासहितको संविधान जारी गरिएको थियो । त्यसपछि हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ ।

थप तस्बिर हेर्नोस्–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?