दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो । जहाँ गाउँपालिकाले बजारमा बिक्री गर्न राखेका अखाद्य वस्तुहरू जफत गरेको छ ।
आम सर्वसाधारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले म्याद गुज्रिएको खाद्य सामग्री जफत गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले बताए ।
मंगलवार गाउँपालिकाले वडा नं ३ /२ को बजार क्षेत्रमा रहेका किराना पसल, मासु पसल, ,फलफूल तथा तरकारी पसल, होटल लगायतका खाद्य व्यवसायिक क्षेत्रमा अनुगमन गरेको छ ।
गाउँपालिकाले बासी मिठाई, बढी रङ्ग राखीएको लाई जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको छ भने सरसफाईमा ध्यान नदिई शौचालय नजिकै मिठाई राखी विक्रीको लागि राखिएको मिठाई पसल बन्द गरिएको छ।
बन्देज गरेको क्याफिनयुक्त निलो रेडबुल जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको र पानी फ्याक्ट्रीमा उत्पादन गरी विक्रि वितरणको लागि लैजान राखीएको लेउ लागिएको मिनरल वाटर जफत गरिएको गाउँपालिकाले जनाएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?