चितुवाको आक्रमणबाट बरादीमा ६ वर्षीया बालिका घाइते

दमौली :  चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा शनिवार साँझ एक बालिका घाइते भएकी छन् ।

घाइते हुनेमा स्थानीय प्रेम गौलीको छोरी ६ वर्षीया प्रनिशा गौली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

‘घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरी घाइते बनाएको जानकारी आएको छ , प्रहरी नायब उपरिक्षक  खाँणले भने :’ चितुवाले आक्रमण गरी घरदेखि अन्दाजी दश मिटर पर लगेको अवस्थमा बाबुले थाहा पाई तत्कालै उद्धार गरेका थिए ।’

घाइते बालिकालाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र सत्रसय लगिएको र त्यहाँबाट थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको तनहुँ प्रहरीले जनाएको छ ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?