दमौली : चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा शनिवार साँझ एक बालिका घाइते भएकी छन् ।
घाइते हुनेमा स्थानीय प्रेम गौलीको छोरी ६ वर्षीया प्रनिशा गौली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
‘घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरी घाइते बनाएको जानकारी आएको छ , प्रहरी नायब उपरिक्षक खाँणले भने :’ चितुवाले आक्रमण गरी घरदेखि अन्दाजी दश मिटर पर लगेको अवस्थमा बाबुले थाहा पाई तत्कालै उद्धार गरेका थिए ।’
घाइते बालिकालाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र सत्रसय लगिएको र त्यहाँबाट थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको तनहुँ प्रहरीले जनाएको छ ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?