उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए । अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको ओलीको भनाइ छ । आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको उनले बताए । कांग्रेसको कुनै नीति र विधि नरहेको उनले टिप्पणी गरे ।
‘पार्टी पुरानो बुढो नहुने होइन, विचार र सिद्धान्तको अभावमा पार्टी बुढो भएको छ । आफूलाई अद्यावधिक गर्न सकेन भने बुढो हुन्छ । हामी नेपाली कांग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बुढो हुन्छ भन्दा नेपाली कांग्रेस जसरी,’ उनले भने । अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?