काठमाडौं : सरकारबाट कैद मिनाहा पाएका योगराज ढकाल (रिगल) विरुद्धको मुद्दामा हिजो (बुधवार) नै सुनुवाइ सकेको सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ ।
कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीवार निर्णय सुनाउने आदेश दिएको हो।
उक्त रिटमाथि यही मंगलबार र बुधबार सर्वोच्चमा सुनुवाइ भएको थियो।
आफ्ना पति चेतन मानन्धरको हत्या गर्नेलाई आमा माफी दिन नहुने भन्दै राष्ट्रपतिको निर्णय खारेजीको मागसहित भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?