काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन् । युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति भोलि जाजरकोट र रुकमु पश्चिम जाने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
२२ गतेबाट हुने भनिएको उनको युरोप भ्रमण आज स्थगित भएको हो ।
गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ ।
भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?