देउसी भैलोको रौनकता कम हुँदै गएको हो ?

काठमाडौं : नेपालीहरूको दोस्रो महान चाड मानिने तिहारमा खेलिने देउसी भैलोको रौनकता पछिल्लो समय उपत्यकामा कम हुँदै गएको छ । देउसी र भैलीको आफ्नै महत्त्व र मान्यता भए पनि पछिल्लो समय उपत्यकामा यसको रौनतकता कम हुँदै गएको छ ।

कतै भने सामूहिकरूपमा देउसी भैलो खेलेर सामाजिक कामहरू गरेको पनि सुनिन्छ । लक्ष्मी पूजाको दिन साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई भैलो भनिन्छ । भैलो महिलाले गाउँछन्, विशेषगरी साना नानी र किशोरीहरू भैली खेल्न जाने गर्छन् ।

त्यसको भोलिपल्ट भने देउसी खेलिन्छ । गोबर्धन पूजाका दिन पुरुषहरूले देउसी खेल्ने परम्परा छ । कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्ने गर्छ ।

देउसी र भैलोको प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ । पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?