दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका छन् ।
मंसिर ७ गते परेको हरिबोधिनी एकादशीको अवरसमा शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले सूचना जारी गर्दै रेसुङ्गामा ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरेको उल्लेख गरेका छन् ।
कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिका भित्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेका हुन् ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?