दमौली : तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा विहिवार एकैदिन दश हजार भक्तजनले पूजाआजा गरेका छन् । आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा एकादशी मेला भर्न दश हजार भक्तजन पुगेका हुन् ।
विभिन्न स्थानबाट बाजागाजा सहित ब्यक्तिगत र सामुहिक गरी १४ वटा फूलको डोली र दशौ हजार दर्शनार्थी मन्दिर पुगेको मन्दिरका पुजारी युवराज मास्की मगरले जानकारी दिए ।
मनले चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको उक्त मन्दिरमा एकादशी मेलाका दिन हजारौ भक्तजनको आगमन हुने मन्दिरका पुजारी मास्की मगरले बताए ।
स्थानीयका अनुसार तनहुँसहित छिमेकी गोरखा, चितवन, लमजुङका विभिन्न ठाउँबाट भक्तजन आँधीमूल आएका थिए ।यहाँ प्रत्येक वर्ष फूलको तोरण तार्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो । जलदेवताको रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?