बागलुङ : आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बागलुङ नगरपालिका -१३ सल्यान बस्ने हरी सिंह नेपालीलाई हत्या अभियोगमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार घरायसी विवादले उग्र रूप लिंदै गएपछि नेपालीले आफ्नै ५० वर्षीया सितली शाहीमाथि कुटपिट गरेका थिए।
श्रीमानको कुटपिटबाट गम्भिर घाइते शाहीलाई उद्दार गरी धौलागिरी अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको सूचना पश्चात ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीको टोलीले श्रीमानलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?