दमौली : तनहुँको ऋषिङ गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाकोद्धारा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि शुक्ला माध्यमिक विद्यालयले जितेको छ ।
पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शुक्ला माध्यमिक विद्यालय झापुटारले जितेको हो ।
शुक्ला माविले स्वर्ण ९ रजत ४ र २ कास्य पदक जितेको छ । योसँगै शुक्ला माध्यमिक विद्यालयले लगातार पाचौं वर्ष रनिङशिल्डको उपाधि जित्दै रनिङशिल्ड ट्रफी सधैंका लागि कब्जा गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले शिक्षा संगै खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए। साथै विद्यार्थीको शिक्षा संगै खेलकुद बृद्धि विकासका लागि सधै पालिका साथमा रहेको उल्लेख गरे ।
बिहीबारदेखि सञ्चालित प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, दौड, हाइजम्प, लङजम्प, सटपुट लगायतका खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?