धादिङ केन्द्र भएर भूकम्प

 काठमाडौं : धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्याएको जानकारीमा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?