दमौली : तनहुँको देवघाट गाउँपालिकाले भोलि (सोमबार) सार्वजानिक बिदा दिएको छ।
बालाचतुर्दशीका दिन विभिन्न स्थानबाट हजारौं तीर्थयात्री भक्तजन देवघाटधाममा शतवीज छर्न आउने हुँदा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले आज जारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए।
देवघाट क्षेत्रभित्रका सरकारी कार्यालय (अत्यावश्य सेवा बाहेक), सार्वजनिक सङ्घ संस्था एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।
बालाचतुर्दशीमा देवघाटमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि भक्तजन आउने गर्दछन्।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?