दमौली : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देवघाटधामलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि हजारौं भक्तजनको भीड लागेको छ ।
प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ ।
पशुपतिनाथलगायत देशभरका शिवालयमा अहिले बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालिएको छ ।
मङ्सिर २५ गते सोमबार बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देवघाट क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ ।
यसका लागि आज बिहानैदेखि लाखौँ भक्तजन देवघाटधामको वेणी संगममा आएका छन् । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?