दमौली : तनहुँको सदरमुकाम दमौलीमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्संग समितिको आयोजनामा मंसिर २८ देखि पौष ६ गते सम्म श्रीमद्भागवत् सप्ताह महायज्ञ हुन लागेको हो ।
मंगलवार दमौली पत्रकार सम्मेलन गर्दै व्यास क्षेत्रको प्रचारप्रसारको उद्देश्य राखेर महायज्ञ आयोजना गरेको समितिका अध्यक्ष प्रेम प्रकाश भट्टराईले जानकारी दिए । ” हामी नितान्त धार्मिक एवं सांस्कृतिक संरक्षण गर्ने , उद्देश्यले यज्ञ आयोजना गर्न लागेका हो , उनले भने ।
श्रीमद्भागवत् ज्ञानमहायज्ञको उद्देश्य र लक्ष्यबारे जानकारी गराउँदै श्रीमद्भागवत् को ज्ञान सबै सामु पुर्याउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको कथावाचक एवं व्यासका अध्येता काशिनाथ न्यौपानेले बताए ।
श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्संग समिति सचिव कृष्ण राज वाग्लेले उक्त ज्ञानमहायज्ञमा सबैलाई एकपटक आई धार्मिक कार्यमा सहयोग गर्न आग्रह गरे ।
ज्येष्ठ नागरिक सत्संग समितिका सल्लाहकार डा. रघुनाथ न्यौपानेले सनातन धर्मको प्रतिमा स्थापना गर्दै सम्पुर्ण जाती धर्मलाई संगै अगाडि लानुपर्ने बताए ।
व्यास नगरपालिका -३ स्थित श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्संग समिति सभाहलमा हुने ज्ञानमहायज्ञको उद्घाटन नेपाल निम्बार्क समितिका केन्द्रिय अध्यक्ष प्रा. डा. हरिशरण देवजी महाराजले गर्ने आयोजकले जानेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?