भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी

काठमाडौं : भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो ।

त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।

आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।‘मन्त्री क्वाटरभित्रकै अस्थायी टहरामा मात्रै आगलागी भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?