चितवन : हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना गरिएको १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीय सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो ।
सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सेल्फीकलीले ५०० पूर्णाङ्कमा ३९४ अंक ल्याएर उपाधि जिल्न सफल भएको हो ।
प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीय सम्बृद्धिकली तेस्रो भएका छन् । उनिहरुले क्रमशः ३९३ र ३५६ अंक प्राप्त गरे । सो प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?