परेवाडाँडामा बस दुर्घटना हुँदा १५ जना घाइते

दमौली : तनहुँको व्यास नगरपालिका– १० परेवाडाँडा बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।

दमौलीबाट लमजुङको कुन्छा जाँदै गरेको गरेको ना ६ ख ५४७९ नं. को बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले दुर्घटनामा परी घइते भएकाको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

घाइते हुनेमा व्यास नगरपालिका–५ बस्ने २१ वर्षीया अन्जना थापा, व्यासकै वडा नम्बर १० बस्नेहरु ४५ वर्षीया शान्ति सुनार, ३६ वर्षीया इन्द्रकला आचार्य, ४७ वर्षीया पार्वती बि.क रहेका छन्।

यसैगरी, भानु नगरपालिका ११ बस्ने ५३ वर्षीय यामबहादुर गुरुङ, व्यासको वडा नम्बर ८ बस्नेहरु ५५ वर्षीया सीता पौडेल, ४५ वर्षीया सावित्री पौडेल, पाँच वर्षीया युबिषा पौडेल, नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–९ बस्ने ५५ वर्षीय सन्तलाल रजवाल र कास्कीको रुपा गाउँपालिका–३ बस्नेहरु २२ वर्षीया निशा खत्री भुजेल, दुई वर्षीया दिव्यान्सी भुजेल, व्यास वडानम्बर ७ बस्ने ५४ वर्षीय अर्जुन थापा घाइते रहेका छन् ।

त्यस्तै, ६३ वर्षीय मीनबहादुर गुरुङ, व्यासको वडा नं. ९ बस्ने ४५ वर्षीय सुकबहादुर गुरुङ र सहचालक लमजुङको मध्य नेपाल नगरपालिका– १ बस्ने १८ वर्षीय विकास थापा घाइते भएको छ । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?