काठमाडौं : ललितपुरको बालकुमारीमा भएको घटनामा मृतकका परिवारले शव बुझ्ने भएका छन् ।
प्रदर्शनमा मारिएका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट गरी शव बुझ्ने सहमति भएको हो ।
आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमति भएको छ ।
अछामका वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमतिमा हस्ताक्षर गरेका छन् ।
गत शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको मृत्यु भएको थियो ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?