प्रधानमन्त्री सहायता कोषमा २८ करोड संकलन

काठमाडौं : जाजरकोट भूकम्प प्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा २८ करोड रुपैयाँ संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट २७ करोड ९१ लाख ८९ हजार ८९९ रुपैयाँ जम्मा भएको छ । उनले एक सय १७ भन्दाबढी संघ संस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए ।

गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भूकम्प भएको थियो । उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माणकाक्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?