राष्ट्रपति पौडेल आज तनहुँ आउंदै

दमौली : राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रबार तनहुँ आउने भएका छन् । भानु नगरपालिका–७ बसन्तपुर स्थित पुर्काेट माविको शत बार्षिकोत्सव समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल आउन लागेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरबाट ११ बजे विद्यालयमा आईपुग्ने राष्ट्रपती पौडेल उक्त विद्यालयको बार्षिकोत्सव समारोहको उद्घाटन र सम्बोधन पश्चात १२.३० बजे फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति स्वागतको लागि विद्यालयमा पुरै तयारी गरिएको विद्यालय परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?