दमौली इकाई सभापतिमा सुकनारायण मल्ल सर्वसम्मत

दमौली : तनहुँ उद्योग वाणिज्य संघ दमौली इकाई सभापतिमा सुकनारायण मल्ल सर्वसम्मत चयन भएका छन् । सभापति पदका लागि मल्ल सहित तीन जनाको उम्मेदवारी रहेको थियो ।

राजकुमार श्रेष्ठ राकु र बिन्दु श्रेष्ठले मल्ललाई समर्थन गरेपछि मल्ल सभापतिमा सर्वसम्मत भएका हुन् ।

त्यसैगरी सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।  सदस्यहरुमा अनिलकुमार श्रेष्ठ,अनुप दाहाल,अर्जुन पौडेल,बलराम वाग्ले,बीरबहादुर नेपाली,बिष्णुकुमार कायस्थ,चिजकुमार श्रेष्ठ,नारायण सापकोटा,पोष्टमान श्रेष्ठ,रबि भुजेल,प्रकाश श्रेष्ठ,संगम घर्ती,ठाकुर प्रसाद पौडेल र टिकाराम गिरी चयन भएका छन् ।

जिल्ला प्रतिनिधीमा पाँच जनाको उम्मेदवारीमा १२ जनाको उम्मेवारी रहेको छ ।

उपसभापति र कोषाध्यक्ष पदको लागि सर्वसम्मतको प्रयास जारी भैरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?