दमौली इकाईको उपसभापतिमा शेष, कोषाध्यक्षमा नारायण विजयी

दमौली : तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको उपसभापतिमा शेषराज श्रेष्ठ र कोषाध्यक्षमा नारायण मल्ल विजयी भएका छन् । आइतबार भएको मतगणना अनुसार दुई सय ३० मत प्राप्त गरी श्रेष्ठ उपसभापतिमा विजयी भएका हुन् ।

उपसभापतिका प्रतिस्पर्धी राजेन मियाँले एक सय १० र इन्द्रलाल श्रेष्ठले एक सय चार मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा मल्लले दुई सय दुई मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी युवराज भण्डारीले एक सय ३६ र हर्षमान श्रेष्ठले ९४ मत प्राप्त गरेका छन् ।

सभापतिमा भने सुकनारायण मल्ल र  १४ जना सदस्य पनि सर्वसम्मत निर्वाचित भएका छन् ।उपसभापति, कोषाध्यक्ष र जिल्ला प्रतिनिधिका लागि चुनाव भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?