दमौली : नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।
गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् । सोही क्रममा प्रमुखमा विकासराज खनाललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा काज सरुवा गरिएको छ ।
त्यस्तै, मधेशको प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल, बागमतीको प्रहरी प्रमुखमा विष्णुकुमार केसी, लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा कुबेर कडायत कर्णाली प्रहरी प्रमुखमा लालमणि आचार्य र सुदूरपश्चिम प्रहरी प्रमुखमा रविन्द्र केसीलाई सरुवा गरिएको छ ।
मन्त्रालयले डिआईजी बुद्धिराज गुरूङलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा तानेको छ भने केन्द्रीय अनुसन्धान ब्युरोमा डिआईजी किरण राणा, प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा डिआईजी राजेशनाथ बास्तोला र प्रहरी प्रधान कार्यालयको कार्यविभागमा डिआईजी भरतबहादुर बोहरालाई तानेको छ ।
त्यस्तै, डिआईजी भीमप्रसाद ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् भने डिआईजी दुर्गा सिंह उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएकी छिन् ।
त्यस्तै, डिआईजी उत्तमराज जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रष्ठिान तानिएका छन् भने डिआईजी जनक भट्टराईलाई अपराध अनुसन्धान निर्देशनालयमा जिम्मेवारी दिइएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?