दमौली : तनहुँको व्यास नगरपालिकाको ४० औं नगरसभा बुधबार सम्पन्न भएको छ । नगर सभाले १ अर्ब ६७ करोड ११ लाख २७ हजार रूपयाको उप–प्रमुखबाट संशोधित बजेट कार्यक्रम पारित गरेको छ ।
सभाले ३९ औं नगर सभाबाट पारित नीति कार्यक्रम अनुसार सम्पन्न भएका कार्यहरु र विविध पक्षहरुको नगर प्रमुखबाट प्रस्तुत १४ बुदें समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको छ।
सभामा ३९ औं नगर सभाबाट आर्थिक बर्ष २०८०/८१ का लागि पारित १, अर्ब ६८ करोड ९१ लाख २७हजार को आय व्यय बजेट कार्यक्रममा १ करोड ९६ लाख थप शिर्षकमा आय हुने र ३ करोड ७६ लाख विभिन्न शिर्षकमा आय कम हुन जाने देखिँदा कुल बजेटमा १ करोड ८० लाख घटी हुन गई १ अर्ब ६७ करोड ११ लाख २७ हजार को उप–प्रमुखबाट प्रस्तुत संशोधित बजेट कार्यक्रम पारित गरेको नगरपालिकाले जनाएको छ ।
पारित प्रस्तावहरुमा व्यास ३ स्थित भतेरी जग्गा अधिग्रहण गरि हरित पार्क निर्माण गरने, व्यास ५ चिन्तुटारमा औधोगिक ग्राम निर्माण गर्ने, नगर भित्रका सम्पन्न सडक, पूल, खानेपानी, सार्वजनिक संरचनाहरुको संरक्षण गर्ने, कृषिका विविध क्षेत्र तोक्ने, पर्यटन प्रबर्धन रहेका छन् ।
त्यस्तैगरी, विश्व वैंकको सहयोगको पराशर मार्गको ५२ करोड माथिको टेण्डर गर्न स्वीकृति प्रदान गर्ने, हरेक शहिद दिवसका दिन खुल्ला अल्ट्रा म्याराथन वा महिला हाफ म्याराथन मध्ये कुनै एक मात्र आयोजना गर्ने, नगरपालिकाका सडकहरुको लगत कट्टा गर्ने, जिल्लामा पुन :नापीको माग गर्ने लगायतका प्रस्तावहरु समावेश गरिएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?