महावीर पुनको आत्मकथा दमौलीमा साढे तीन सय प्रति बिक्री

दमौली : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आत्मकथा आज दमौलीमा करिव साढे तीन सय प्रति बिक्री भएकाे छ। पुनकाे आत्मकथा समेटिएकाे पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ करिव ३ सय ५० प्रति बिक्री भएकाे लियो क्लब अफ तनहुँका सचिव मुकेश विडारीले जानकारी दिए ।

दमौलीमा पुनको पुस्तक विक्रिका लागि लियो क्लब अफ तनहुँको सहजीकरणमा गरेको थिए । करिब ३० वर्षदेखि वीरगञ्जमा बन्द अवस्थामा रहेकाे कृषि औजार कारखाना सञ्चालनकाे लागि आर्थिक सहयाेग जुटाउन बिक्री भइरहेको पुस्तक विक्रीका लागि सहजीकरण गरेको क्लबका सचिव मुकेश विडारीले बताए ।

महावीर पुनले घटस्थापनाकाे दुई दिनपछि किताब बिक्रीकाे लागि बजारमा ल्याएका थिए। त्यस्तै डिजिटल प्लेटफर्म ‘दराज’बाट पनि पुस्तककाे बिक्री भईरहेको छ।

महावीर पुनलाई पैसा चाहिएर नभएर वीरगञ्जको कृषि औजार कारखाना संचालनका लागि रकम जोहो गर्न पुस्तक विक्रीका लागि आएको बताए ।

सरकारले वर्षौदेखि बन्द अवस्थामा रहेको वीरगञ्जको कृषि औजार कारखानाको मर्मत र व्यवस्थापन गर्न तथा अनुसन्धान तथा विकास गर्ने जिम्मेवारी महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ। त्यो कारखाना मर्मतको लागि एक पटकलाई सरकारले आवश्यक परेको रकम जोहो गर्न किताव क्रिी अभियाना हिडेको उनले बताए ।

पुनले बिक्री भएका किताबकाे सबै रकम कारखाना सञ्चालनमा खर्च गर्ने घाेषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?