नेल्टा तनहुँको अध्यक्षमा उपप्राध्यापक कंडेल

दमौली : नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा ) तनहुँको अध्यक्षमा उपप्राध्यापक बसन्त कंडेल चयन भएका छन् । आइतबार आदिकवि भानुभक्त क्याम्पसमा सम्पन्न नेल्टाको पाँचौ अधिवेशनबाट उपप्राध्यापक कंडेललाई सर्वसम्मत रुपमा चयन भएको हो ।

आदिकवि भानुभक्त क्याम्पसका अंग्रेजी विभागका विभागीय प्रमुख रहेका  कंडेलले लामो समय देखि विद्यालय तह र क्याम्पसमा अध्यापन गराउदै आइरहेका छन् ।

समितिको उपाध्यक्षमा प्रकाश खड्का, सचिवमा तीर्थराज वर्देवा, सहसचिवमा तीर्थराज रानाभाट, कोषाध्यक्षमा मनु सापकोटा चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा केश बहादुर थापा, झम बहादुर थापा, विमला अधिकारी, मीना शर्मा, प्रकाश मिश्र र विष्णु पोखे्रल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?