दमौली : तनहुँको दमौलीस्थित प्रशासन चोकमा राजा महेन्द्र शाहको शालिक पुनर्निर्माण गरिएको छ । व्यास नगरपालिका-३ प्रशासन चोकमा आज बुधबार बिहानै शालिक निर्माण गरिएको बताइएको छ ।
२०६२/६३ को आन्दोलनमा टाउको भत्काइएको उक्त राजा महेन्द्रको शालिकमा अहिले फेरि पूर्णकदको बनाइएको छ ।
यसअघि गत पुस २७ पृथ्वीजयन्तीको दिन राप्रपाले शालिकमा टाउको राख्ने हल्ला फैलिएपछि प्रहरीले बिहानैदेखि उक्त ठाउँलाई कब्जामा लिएको थियो ।
राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले इतिहास मेटाएर नमेटिने भन्दै यसलाई राजनीतिक लाभको रुपमा हेर्न नहुने बताए । उनले भने, ‘ इतिहास मेटेर मेटिदैन, इतिहासको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?