काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए।
उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे। अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाए।
उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु देशद्रोही जातका भएको बताए। उनले देश नअहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने जिकिर गरे।
उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेकोमा जोड दिए।
उनले भने, ‘… हामीले मिसन ०८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ। देश बर्बाद भयो भने मिसन ०८४ भनेर पर्खिएर हुँदैन। उस्तै पर्यो भने हामीले यो गठबन्धन भत्काएर, यतापट्टी यो लोभिपापी नभत्किन सक्छन्। एक पटक एक जनाले भनेका थिए, फलानासँग मेरो गर्धन र घाँटी जोडिएको छ। यिनीहरुको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ।’












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?