बन्दीपुर गाउँपालिकाद्धारा बजार अनुगमन : अखाद्य बस्तु जफत

दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, होटल लगायत अनुगमन गरेको छ। खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको बिषयमा अनुगमन गरिएको हो । बिहिबार गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक पञ्चमायाँ गुरुङको नेतृत्वमा गाउँपालिका वडा न. १ स्थित डुम्रेबजारमा अनुगमन गरेको हो ।

ब्यवसायीहरुले अखाद्य बस्तुहरु बिक्रि गरेको, आवश्यक प्रक्रिया नै पूरा नगरी व्यवसाय सञ्चालन गरेको, मूल्यसूची नराखेको, नविकरण नगरको पाइएकाले तत्काल सच्याउन आवश्यक निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङले बताइन्। अनुगमनका क्रममा म्ठिाइ मसला जुस लगायतका केही सामग्री अखाद्य, म्याद गुज्रिएका भेटिएकाले अनुगमन टोलीले जफत गरेको उनले बताइन्। अनुगनलाई अझै प्राथमिकताका साथ अगाडि बढाउने उनले बताइन्।

चाडपर्वको समयमा मात्रै औपचारिकता निभाउनको लागि वजार अनुगमन गरिन्छ भन्ने भ्रम चिर्न अनुगमन गरिएको बताइन् । अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे–नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन दिएको छ ।

सर्वसाधारणको गुनासो आएपछि वडा नम्बर १ मा रहेका विभिन्न २७ वटा मिठाइ पसल किराना पसल लगायतमा अनुगमनका गरिएको थियो । यस अघि पनि डुम्रेबजारका केही पसलहरुलाइ जरिबाना गरिएको थियो । बजार अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष पञ्चमायाँ गुरुङ वडा नं. १ र ४ का जनप्तिनिधि, राजश्व प्रमुख दिनेश पौडेल उद्योग बाणिज्य संघ डुम्रेबजार इकाइका अध्यक्ष हेमलाल भि.के. प्रहरी चौकी डुम्रेका प्रहरीको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?