पोखरा : पोखरामा जारी चौथो टाइगर कप भलिबलमा पुरुषतर्फ फाइनलमा गण्डकी प्रदेश पुगेको छ । भर्खरै सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै गण्डकी प्रदेश उपाधि भिडन्तका लागि योग्य भएको हो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा विभागीय क्लब एपीएफलाई गण्डकीले सोझो सेटमा हरायो ।
गण्डकीले २५-१७ , २५-२० र २५-२२ ले तीन वटै सेट आफ्नो पक्षमा पारेको हो ।
अब उपाधिका लागि गण्डकीले फाइनलमा हेल्प नेपालको सामना गर्नेछ । गण्डकीले समूह चरणमा हेल्प नेपाललाई ३-२ को सेटमा हराएको थियो । उक्त खेल निकै प्रतिष्पर्धात्मक रहेकाले फाइनलमा पनि कडा प्रतिष्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
यसअघि आजै भएको पहिलो सेमिफाइनलमा हेल्पनेपालले श्रीलंका आर्मीलाइ ३–१ को सोझो सेटमा हराएको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?