बाल शैक्षणिकको वार्षिक उत्सव, प्रविधि र आधुनिक शिक्षा आवश्यकता :अर्थमन्त्री आले

दमौली : समुदायबाट स्थापित तनहुँ भिमाद ३ जलौदीबाट स्थित बाल शैक्षणिक मा.वि भिमादले १८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार मनाएको छ । बार्षिक उत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सम्बोधन गरेका छन ।

बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले शैक्षिक गुणस्तर कायम गरी समय सापेक्षा शिक्षाका लागि प्रदेश सरकार लागि परिरहेको बताए ।

‘ माध्यामिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकारको हो, मन्त्री आलेले भने ‘, तर, स्थानीय सरकारसंग सहकार्य गरेर गुणस्तरीय शिक्षा कायम गर्न र पूर्वधार निर्माण गर्नु प्रदेश सरकारको दायित्व छ।’ यसका लागि आबश्यकताका आधारमा प्रदेश सरकारले नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्न प्रदेश सरकार तयार भएको मन्त्री आलेले बताए ।

प्रविधि, आधुनिक र व्यवहारिक शिक्षा आजको आबश्यकता समेत रहेको मन्त्री आलेको जिकिर थियो । बालशैणिक माविका संस्थापक अध्यक्ष तथा भिमाद ३ का वडा अध्यक्ष पदमराज सेन ठकुरीले स्थानीयको श्रमदान र चन्दाबाट स्थापना गरी माध्यमिक तह सम्म विद्यालय सञ्चालन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको बताए ।

स्थानीय दुःख, श्रमले सृजना भएको विद्यालयमा स्थानीय बालबच्चा पढेर सुनौलो भविष्य निर्माणले सारा दुःख भुलेको संस्थापक अध्यक्ष ठकुरीले अनुभुती छ । अभिभावक, शिक्षक र विद्यार्थीको मेहेनतले सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पौडेलले बताए।

शिक्षाको गुणस्तर र पूर्वधार विकासमा व्यवस्थापन समिति लागि परेकाले सबैसंग सहयोगको अपिल अध्यक्ष पौडेलले गर्नुभयो । वि.स २०६२ सालमा स्थापित विद्यालयमा कक्षा दश सम्म पठनपाठन हन्छ । यस विद्यालयमा २ सय ८५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यपक प्रविण सुवेदीले जानकारी दिए ।

बार्षिक उत्सवका अवसरमा विद्यार्थी र शिक्षकहरुले सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । माझकोट साना किसान सहकारीले विद्याथीले छात्रवृत्ति प्रदान गरेको छ ।

बार्षिक उत्सवको अवसरमा विद्यालय निर्माणका गर्नका लागि जग्गादाता र चन्दादातालाई सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?