दमौली :भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा आज(सोमबार) बेलुका तनहुँको सदमुकाम दमौलीमा साँझ दीप प्रज्ज्वलन गरिएको छ ।
विश्व हिन्दु महासंघ नेपाल तनहुँ शाखाको आयोजनामा व्यास नगरपालिका -३ स्थित प्रशासनचोकमा साँझ दीप प्रज्ज्वलन गरिएको हो ।
भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामको प्राण प्रतिस्थापन भएको खुसीयालीमा सर्वसाधारणको उपस्थितिमा दीप प्रज्ज्वलन गरिएको महासंघका जिल्ला अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए ।

















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?