तनहुँ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा मल्ल र द्वितीय उपाध्यक्षमा श्रेष्ठ

दमौली : तनहुँ उद्योग वाणिज्य संघको प्रथम र द्वितीय उपाध्यक्ष पदमा पनि सहमति  भएको छ।  संघको प्रथम उपाध्यक्षमा कुमार मल्ल र द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रथम उपाध्यक्षमा सुरेश पुरी र राजकुमार श्रेष्ठ (राकु)ले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै द्वितीय उपाध्यक्षमा शिवओम मल्ल र शकुन्तला आलेले उम्मेदवारी फिर्ता लिएका हुन्।

संघको नयाँ नेतृत्वका लागि गत अन्य पदमा यसअघि नै सहमति भएपनि प्रथम र द्वितीय उपाध्यक्ष पदमा सहमति जुटेको थिएन ।

यसअघि संघको अध्यक्षमा वैकुण्ठनाथ मिश्र, वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल र कोषाध्यक्षमा भिमलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?