दमौली : तनहुँ उद्याेग वाणिज्य संघको १७ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएकाे छ ।
शनिबार आयाेजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वैकुण्ठनाथ मिश्रलाई निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शपथग्रहण गराएका हुन्।
त्यस्तै मिश्रले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण गराएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपाली राजनीतिलाई सङ्ल्याउदै विकृति र विसङ्गति हटाउनेतर्फ सबै लाग्नुपर्ने बताए ।
उक्त कार्यक्रमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ , व्यास नगरपालिका उपाप्रमुख इन्द्रिरा दरै , संघका पुर्व अध्यक्षहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?