दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–ढापटारमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बस्ने २६ वर्षीय सफल राना मगर रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनी ट्रकमा सोही दिशाबाट आउँदै गरेको प्र–३–०२–००९ प ८५३० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक खाँणले बताए।
दुर्घटनामा घाइते मगरलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएकामा राति १० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?