शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले दियो सार्वजनिक विदा

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले शहीद दिवसको अवसरमा भोलि (मंगलवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले  शहीद दिवसको अवसरमा माघ १६ गते मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

शहीद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिँदै आएको सार्वजनिक बिदा केही वर्षयता कटौती भएको सन्दर्भ र व्यास नगरपालिकाले सोही अवसरमा हरेक वर्ष अल्ट्रा म्याराथन गर्दै आएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

भोलि सार्वजनिक बिदामा सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था एवम् सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?