माछा मार्ने क्रममा करेन्ट लागेर शुक्लाका कुमालको मृत्यु

दमाैली : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर शनिवार बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–६ ओख्ले निवासी २८ वर्षीय सन्तोष कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकी नगरपालिका–६ ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका लागि शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले बिहान ३ बजे मृत घोषणा गरेको तनहुँ प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?