दमौली : अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि दमौली पब्लिक बोर्डिङ स्कूलले हात पारेको छ ।
व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा नेशनल प्याब्सन तनहुँद्वारा आयोजित प्रतियोगितामा २१ विद्यालयलाई पछाडि पार्दै दमौली पब्लिकले उपाधि जितेको एनप्याब्सन तनहुँका अध्यक्ष विशेश्वर खनालले जानकारी दिए ।
प्रतियोगितामा लालीगुराँस विद्या सागर दोस्रो , इन्द्रेणी स्काई बोर्डिङ स्कूल तृतीय भएको छ । त्यस्तै आदर्श विद्यागृह, तनहुँ ज्ञानगङ्गा र तारापुञ्ज बोर्डिङ स्कूल सान्त्वना भएका छन् ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, शिक्षा विकास समन्वय इकाईका प्रमुख उद्धवराज कट्टेल,एनप्याब्सनका केन्द्रीय सदस्य सनम तामाङ लगायत उपस्थित रहेको थिए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?