दमौली : नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ (पिएल) र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन् ।
पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका तनहुँका नेताद्वय श्रेष्ठलाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा अोलीसहितका नेताहरुले स्वागत गरेका हुन् ।
यसअघि नेकपा एसको तनहुँ जिल्ला कमिटी एमालेमा समाहित भइसकेको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?