दमौली : हैरान्स क्लव दमौलीको आयोजनामा तनहुँको सदरमुकाम दमौलीमा आज देखि अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
व्यास नगरपालिका–३ मा दोस्रो अन्तर विद्यालय स्तरीय छात्रछात्रा बास्केटबल प्रतियोगिता आज देखि सुरु भएको क्लवका अध्यक्ष रविन पौडेलले जानकारी दिए ।
प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको चर्चा गर्दै नगरपालिकाले खेलकुदमा लगानी गर्ने बताए ।
रनिङशिल्ड उक्त प्रतियोगितामा छात्रतर्फ प्रथम हुनेलाई दश हजार र द्वितीय हुनेलाई नगद ५ हजार प्रदान गरिनेछ भने छात्रातर्फ प्रथम हुनेलाई ७ हजार र द्वितीय हुनेलाई ४ हजार नगद पुरस्कार प्रदान गरिने क्लवका सचिव अशोक गिरीले जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ सात र छात्रातर्फ तीन विद्यालयको सहभागिता रहेको छ ।
व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे,कराँते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापा, बास्केटबल सङ्घका अध्यक्ष भुवन गोशली लगायतले उपस्थित रहेको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?