दमौली : तनहुँको सदरमुकाम दमौली बजारमा पाँच दिवसीय राजयोग मेडिटेसन हुने भएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दमौली शाखाको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो ।
शुक्रवार दमौलीमा पत्रकार सम्मेलन गर्दै “तनावमुक्त खुशीयाली जीवन एवम् समृद्ध राष्ट्रका लागि राजयोग मेडिटेशन” भन्ने नाराका यहि फागुन ९ गतेबाट १३ गते सम्म शिबिर सञ्चालन हुन लागेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दमौलीका प्रमुख यमुनाले जानकारी दिइन् ।
उनले बर्तमान् समयमा बढ्दै गईरहेको तनाव एवम् अव्यवस्थित जीवनशैली, पारिवारिक तथा सामाजिक आवश्यकताको पूर्ती, व्यवसायिक प्रगती,जीवनस्तरका अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले मानिस तनावयुक्त जीवन जीउन बाध्य भएको बताइन् । प्रमुख यमुनाले भनिन्,“गृहस्थ जीवनबाटै वास्तविक सुख,शान्ति, आनन्द र प्रेमपूर्वक जीवन जिउनकला कार्यक्रममा बताईनेछ ।”
व्यास नगरपालिका -३ स्थित खुल्ला मैदानमा हुने प्रशिक्षण तीन सत्र संचालन हुने ईश्वरीय विश्वविद्यालय दमौलीका ब्रह्म्माकुमार शुशील कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो सत्र बिहान ४ : ४५ देखि ६: ३० सम्म शारीरिक योग तथा प्राणायाम अभ्यास , बिहान ८ बजे देखि १० बजे सम्म क्याम्पसका विद्यार्थीहरुका लागि स्व-सशक्तिकरण प्रशिक्षण हुनेछ। दोस्रो सत्रमा विहान ११ बजे देखि दिउँसो १ बजे सम्म नगरवासीका लागि मानसिक शान्ति एवं राजयोग मेडिटेसन हुनेछ ।
त्यस्तैगरी तेस्रो सत्रमा बेलुक ५ बजे देखि ७ बजे सम्म सरकारी, गैर- सरकारी तथा वित्तीय संघसँस्थामा कार्यरत कर्मचारी र व्यापारीहरुका लागि तनाव व्यवस्थापन तालिमा प्रदान गरिनेछ ।
प्रशिक्षणमा म को हुँ र म कहाँबाट आएँ, स्वःअनुभूति तथा सकारात्मक सोचको शक्तिको विकास, परमात्म—शक्ति एवं वरदान प्राप्त गर्ने विधि, जीवनमा हुने बास्तविक घटनाहरुको रहस्य, सृष्टिको आदि मध्य अन्तको रहस्य, आपसी सम्बन्धमा सुमधुरता, तनाव एवं क्रोधमुक्त जीवन जिउने कला र शान्ति एबं खुशीको अनुभति गर्ने विधि लगायतका बिषयमा प्रशिक्षण दिईने बताईएको छ ।
निशुल्क रुपमा सञ्चालन हुने वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्म्माकुमार राजु घले दिनेछ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?