दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिराउनचौर स्थित बरादी हिलेखर्क भित्री सडक खण्डमा गए राति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनाका साथै १६ जना जन्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङ रहेका छन् । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तनहुँको गाउँपालिका -६ का १५ वर्षीय सुबिना गुरुङ, ६७ वर्षीय मन ब.गुरुङ, ३८ वर्षीय सुकमाया गुरुङ, ३८ वर्षीय सुकमाया गुरुङ, ६ वर्षीय एलिसा गुरुङ , १९ वर्षीय सबिता गुरुङ र गाउँपालिका -३ का १० वर्षीय सिसिर गुरुङ रहेका छन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
आँबुखैरेनी गाउँपालिका -१ का ३८ वर्षीय राजकुमार बश्वकर्मा (चालक), आँबुखैरेनी गाउँपालिका -६ का ५६ वर्षीय सोमलाल गुरुङ, ७० वर्षीय भक्कुलाल गुरुङ ,५६ वर्षीय सेर ब.गुरुङ ,३६ वर्षीय आसमाया गुरुङ, १० वर्षीयदीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ ,३६ वर्षीय चिजकुमारी गुरुङ, ३७ वर्षीय सुनिता गुरुङ र आँबुखैरेनी-१० का १८ महिनाको सुसान गुरुङ रहेका छन् ।
उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?